You are viewing the translated version of सेवा सञ्चालन गर्न नसक्ने भनी निवेदन दिनसक्ने.

Rule 25
सेवा सञ्चालन गर्न नसक्ने भनी निवेदन दिनसक्ने
(१) कुनै सेवा प्रदायकले कुनै कारणले सेवा सञ्चालन गर्न नसक्ने भएमा आफ्नो कम्पनीको साधारण सभाबाट विशेष प्रस्ताव पारित गरी आफूले सञ्चालन गरिआएको सेवा बन्द गरी अनुमतिपत्र रद्द गरिपाउन प्राधिकरण समक्ष निवेदन दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएमा नियम २६ बमोजिम त्यस्तो सेवा प्रदायकको सम्पत्ति र दायित्व यकीन गरी यस परिच्छेद बमोजिम लिलाम बिक्री गरिनेछ।
(३) उपनियम (१) बमोजिम निवेदन परेमा प्राधिकरणले त्यस्तो सेवा प्रदायकको संरचना तथा सम्पत्ति नियम १८ बमोजिम नियन्त्रणमा लिई यस नियमावली बमोजिमको अन्य आवश्यक कार्य गर्नेछ। यस उपनियम बमोजिम प्राधिकरणले नियन्त्रणमा लिएपछि त्यस्तो सेवा प्रदायकको अनुमतिपत्र नवीकरण गर्ने, रेडियो फ्रिक्वन्सी थप गर्ने वा हेरफेर गर्ने लगायतका काम कारबाही गरिने छैन।
तर नियम २० बमोजिम सेवा सुचारु गर्नका लागि आवश्यक कार्य गर्न बाधा पुगेको मानिने छैन।